पोसिलो मकै-१ र अरुण-२ लगाउन सुझाव (फोटोफिचर)

दार्चुला । गोकुलेश्वर र यश आसपासका क्षेत्रमा बसन्त ऋतुमा मकैको जातहरुमध्ये पोसिलो मकै १ र अरुण २ को उत्पादन राम्रो देखिएको गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजमा गरिएको परिक्षणले देखाएको छ। परिक्षण २०७६ चैत्र ३ बाट सुरु भएको थियो। मकैका जातहरु क्रमश देउती, अरुण २, मनकामना ६, पोसिलो मकै १, रामपुर ४ र स्थानीय जात गरि ६ जातहरुमा गरिएको परिक्षणमा उत्पादन को हिसाबले पोसिलो मकै १ र अरुण २ को उत्पादन राम्रो देखिएको छ ।

बढी मात्रामा मध्यपहाडमा स्थानीय जातको मकै लगाउने प्रचलन छ । साथै देउती जात पनि केही मात्रामा अहिले लगाउने चलन बढीरहेको छ । धेरै अग्लो हुने (सामान्यतया २४० सेमी) घोगामा गेडा कम लाग्ने, घोगामा गेडा नलागेको खाली भाग धेरै हुने, गेडाको तौल कम हुने लगायत समस्या देउती र स्थानीय जातको मकैमा भेटिएको छ। त्यस्तै होचो उचाइ भएको, घोगाको ब्यास तुलनात्मक रुपमा बढी हुने, घोगामा गेडाको संख्या र गेडाको तौल बढी हुने, उत्पादन तुलनात्मक रुपमा बढी हुने, घोगामा गेडाको लाइन बढी हुने, घोगामा गेडा बढी हुने, रोग र किराको प्रकोप कम हुने र केहि मात्रामा सहने हुदा पोसिलो मकै १ र अरुण २ को उत्पादन बढी देखिएको रेडियो लोकदर्पणका कृषि समाचारदाता प्रकाशसिह धामीले जानकारी दिनुभयो ।

अहिले नेपालमा मकैको उन्नत जातको बिउको प्रयोग जम्मा १५.४४ प्रतिषत मात्र छ, जुन विकसित देशको तुलनामा धेरै कम हो । यसपालि नेपालमा कुल ९५६४४७ हेक्टरमा २७१३६३ मेट्रिक टन मकै उत्पादन भएको थियो । मकै उत्पादनको लागि अनुसन्धानको अभाव, परिक्षणको अभाव, मौसम परिबर्तन, सिचाइको अभाव, उन्नत जातको बिउको कम प्रयोग, उन्नत प्राविधिको अभाव, रोगकिराको प्रकोप इत्यादि समस्या अहिले हाम्रो देशमा बिद्धमान छन । उक्त परिक्षणमा मुख्य सल्लाहकार गोकुलेश्वोर कृषि कलेजका उपप्राध्यापक कैलास रमण भट्ट र सहायक सल्लाहकार कलेजका उपप्राध्यापक रमेश उप्रेती रहनुभएको थियो । उक्त परिक्षण कृषि कलजेको खेतबाट माटोको नमुना संकलन गरि माटो अनुसन्धान केन्द्र, सुन्दरपुर कंचनपुरमा जाच गरेर ३००.९ बर्ग मिटर क्षेत्रफलमा २४ वटा ६.६ बर्ग मिटरका प्लटमा बिभाजन गरि गरिएको थियो।

बुधबार कलेजमा ७ औ ब्याजमा अध्ययनरत कृषि विद्यार्थीहरुको परिक्षण समारोह आयोजना गरि उक्त परिक्षण प्रस्तुत गरिएको परिक्षणकर्ता प्रकाश सिह धामी र असोक नाथ योगिले बताउनुभयो । उक्त परिक्षण सहित अन्य बालिनालिका विभिन्न पक्षहरुमा गरिएका परिक्षण पनि प्रस्तुत गरिएको थियो । उक्त परिक्षण समारोहमा कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तको पनि आतिथ्यता रहेको थियो।

विहिबार गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेज र छैटौं ब्याजले संयुक्त रुपमा सातौँ ब्याजका सम्पुर्ण बिध्यार्थिहरुलाई विदाइ कार्यक्रम आयोजना गरेको छ ।

No description available.

 

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?