दुहुँका जनप्रतिनिधिद्धारा गाउँपालिकाभरी विद्युतिकरण गरिदिन विद्युत प्राधिकरणसंग माग

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकाभरी विद्युतिकरण गरिदिन नेपाल विद्युत प्राधिकरणसंग माग गरेका छन् । दुहुँ गाउँपालिकामा यथाशिघ्र विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरणमा पुगेर प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसंग माग गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुहुँको अधिकासं भुगोलमा विद्युतको पहुँच पुगेको छैन भने पुगेको ठाउँमा समेत भदौँ महिनामा आएको बाढीपहिरोले क्षती पुर्याएको छ । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार वडा नम्बर ४ र ५ मा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छैन, वडा नम्बर ३ मा अस्थाइ रुपमा मिटर जडान गरेर विद्युत विस्तार गरिएको छ । वडा नम्बर २ को करिब एक तिहाइ घरधुरीमा मात्रै विद्युत विस्तार भएको छ । वडा नम्बर १ को अधिकासं घरधुरीमा विद्युतिकरण भइसकेको छ । वडा नम्बर ३ मा अस्थाइ मिटर जडान गरेर ब्रह्मदेबमा पुरानै लाइनमा बिजुली बालिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

शुक्रबार विद्युत प्रधिकरणमा पुगेर गाउँपालिकाभरी यथाशिघ्र विद्युत विस्तार गरिदिन माग गरिएको हो । साढे ६ करोड बजेटमा गाउँपालिकाभरी विद्युतिकरण हुने अवस्था रहेको अध्यक्ष कार्कीले बताउनुभयो । ग्रामिण विद्युतिकरण प्रोजेक्ट अन्तरगत विद्युतिकरणका लागि तत्काल ठेक्का अगाडी बढाउने आश्वासन पाएको जनप्रतिनिधिहरुले बताएका छन् । खलंगासम्म विद्युत प्राधिकरणले तार, पोल लगायत उपकरणहरु उपलब्ध गराइदिने र त्यहाबाट गाउँपालिकाले लैजाने समझदारी भएको बताइएको छ ।

दुहुँ गाउँपालिकामा विद्युतिकरण गरिदिन माग गर्दै जिल्ला समन्वय समिति प्रमुख करबिरबहादुर कार्की, गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, उपाध्यक्ष ईश्वरी जोशी, वडाअध्यक्षहरु लगायतको टोली शुक्रबार विद्युत प्राधिकरण पुगेको हो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?