एउटै मञ्चमा देशका शिर्ष नेता, आउँदो सरकार कांग्रेसकै हुन्छ, मलाई साथ दिनुस: सभापति देउवा

दार्चुला । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले देशमा हुने आउँदो चुनावमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधनका क्रममा उहाँले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै त्यो जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आफ्नो सरकार गठन हुनुअघि देशमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै नागरिकले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन, महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ, त्यो मेरो जिम्मेवारी हो । आउँदो चुनावमा पार्टीमा कुनै समस्या नआओस् ।’

पालिका र सङ्घीय सरकार कांग्रेसकै हुने नेतारकार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एक पटक आफूलाई जिताउन आग्रह गर्नुभयो । ‘डर, त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

unn.prixa.net

यसैबिच नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एउटै मञ्चमा देखिनुभयाे । ओली–प्रचण्डबीच गएकाे पुसयता र ओली–नेपालबीच असार २३ यता भेट भएकाे थिएन तर कांग्रेसकाे महाधिवशेनमा लामाे समयपछि यी तीनै नेतालाई एउटै मञ्चमा देखियाे । याे महाधिवेशनले ओली–प्रचण्डबीच संवाद हुने र हाँसाे ठट्टाकाे अवसर पनि जुराइदियाे ।

नेपाल र दाहालले कांग्रेस उद्घाटन सत्रमा शुभकामना दिएपछि ओलीले शुभकामना दिने पालाे थियाे । तर ओलीले बाेल्दै गर्दा एक्कासी माइक बिग्रियाे । माइक बिग्रिएर उहाँ पाेडियमबाट आफू बसिरहेकाे ठाउँमा जाँदा प्रचण्डबीच संवाद र हाँसाे ठट्टाकाे अवसर जुरेकाे हाे । त्यस क्रममा कार्यक्रमबाट जानै लाग्नुभएका प्रचण्ड र ओलीबीच नमस्कार आदानप्रदानसम्म भयाे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने पहिले नै मञ्चबाट बिदा भइसक्नुभएकाे थियाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?