आफुलाई बलात्कार गर्ने ससुरालाई कारबाहीको माग गर्दै बुहारी अदालतको ढोकामा

दार्चुला । बुहारीमाथि ससुराले नै बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ मा ससुराले आफ्नै बुहारीलाई पटक-पटक बलात्कार गरेको घटना सार्वजनिक भएको हो।

बलात्कारपछि पेटमा बच्चा बसेको र पिडीत बुहारी न्यायको खोजीमा बैतडी जिल्ला सदरमुकाम पुगेपछि यो घटना सार्वजनिक भएको हो। आफ्नै ससुराले जबरजस्ती गरेपछि बच्चा बसेको र कसैलाई भने मारिदिन्छु भन्ने धम्की आएपछि आफूले घटना लुकाउन बाध्य भएको महिलाको भनाइ छ। ससुराले पटक-पटक बलात्कार गरेपछि गर्भ रहेकी ती महिला प्रहरीमा पुगेकी थिइन्। तर, प्रहरीले कानुनअनुसार मुद्दा दर्ता गर्न नमिल्ने बताएको छ। यो मुद्दा हाडनाता करणीको भएकाले आफूले अदालतमा जान सुझाएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

यता, पीडित महिला मुद्दा दर्ताका लागि अदालत पुगे पनि कागजात नपुग्दा मुद्दा दर्ता नभएको बताइएको छ। आफूमाथि यौन शोषण गर्ने ससुरामाथि कारबाही हुनुपर्ने उनको माग छ।

गत बर्ष यिनै पीडित महिलाकी छोरीमाथि सामूहिक बलात्कार भएको थियो। सामूहिक बलात्कारबाट गर्भवती बनेकी उनकी छोरीले समेत बच्चा जन्माएकी छन्।

छोरीको बलात्कारमा संलग्न आरोपमा ४ जना पक्राउ परेका भएपनि दुईजना छुटेका छन्। दुइजना भने जेलमा छन् । सो बलात्कारका मुख्य आरोपी छुटेको पीडित महिलाको गुनासो छ। 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?