महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न, दार्चुलाको ग्रामिण क्षेत्रमा पुगेन (फोटोफिचर)

दार्चुला । महिला हिंसाविरुद्धको १६ दिने अभियान दार्चुलासहित देशभर सञ्चालन गरिएको छ । पोस्टर, ब्यानर बोकेर बजार परिक्रमा गर्दै महिला हिंसाविरुद्धका नारा र जुलुस प्रदर्शन गर्दै तथा विद्यालय र समुदायमा सचेतना अभिबृद्धिका लागि विभिन्न अन्तरक्रियात्मक कार्यक्रम गरेर अभियान सम्पन्न भएको हो ।

“घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म (तदनुसार २५ नोभेम्बर २०२१ देखी १० डिसेम्बर २०२१ सम्म) मनाइएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर २४ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजना तथा महाकाली नगरपालिका दार्चुला र सामुदायिक ग्रामिण बिकास समाज नेपाल दार्चुलाको समन्वयमा दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका वडा नम्बर ४ खलंगामा र्याली र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीको अध्यक्षतामा आयोजित अभियानमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टको कमाण्डमा ३० जनाको टोली, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट २० जनाको टोली, नेपाली सेनाको १० जनाको टोली, महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिंह बडाल लगायत जिल्ला स्थित सरकारी तथा गैह्र संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, छान्ना तिंकरी कन्या माबिमा अध्यनरत छात्राहरु, महिला सञ्जालका पदाधिकारी, पत्रकार गरी लगायतको सहभागितामा खलंगाको खुलामञ्चबाट घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ मुल नारा सहित लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ती, समाज र सबैको ऐक्यबद्धता, कसैले पनि लिङगको आधारमा कसैमाथी घर समाज तथा कार्यस्थलमा शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसा नगरौ, लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ, सामाजिक रुपान्तरणमा लगानी, महिला हिंसा अन्त्य हुने बिहानी, घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज, समानताको पुस्ता: बलात्कार बिरुद्धको ऐक्यबद्धता लगायतका नारा उल्लेख भएका प्लेकार्डहरु सहित ¥याली निकाली बजार परिक्रमा गरी सचेतनामुलक पर्चा बितरण गरीएको छ । प्लेकार्डहरु सहित ¥याली तथा बजार परिक्रमा पछि खुलामञ्चमा भेला भएर लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण र कानूनी व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर स्थित बजारमा सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधीकृत सुरेन्द्र बहादुर बिष्ट, बिभिन्न वडाका वडा अध्यक्षहरु, महिला स्वास्थ्य स्वयमसेविका तथा स्थानीय महिला जनप्रतिनिधीहरु ७५ जनाको सहभागितामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा अन्त्य गरौँ भन्ने जस्ता प्लेकार्डहरु बोकी बजारमा र्याली निकाली गोकुलेश्वर माध्यमिक बिद्यालयमा लैंगिक हिंसा न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । केही इलाका प्रहरी कार्यालयहरुले समेत छिटफुट रुपमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । जिल्ला प्रहरी कार्यालयले समेत महाकाली नगरपालिका र त्यसमा पनि सडकमार्ग पुगेको क्षेत्रमा मात्रै कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको दुर्गम गाउँहरुमा पुग्न नसकेको स्थानीयको गुनासो छ ।

सायद १३ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

नेपाल प्रहरी, विभिन्न सामाजिक संघसंस्था र स्थानीय तहले सचेतनामुलक कार्यक्रम आयोजना गरेपनि यसको प्रभाव ग्रामिण भेगका महिलाहरूमा पुग्न सकेको छैन् । दुर्गम गाउँबस्तीका महिलालाई यस्ता अभियानबारे जानकारी नै हुदैन, लेकमका स्थानीय द्रोपती भुलले भन्नुभयो, गाउँमा महिलाका दुःखपीडा उस्तै छन ।

बर्सेनि आयोजना हुने अभियानका बखत मदिरा सेवन, छाउपडी कुप्रथाजस्ता समस्याको बारेमा कसैले समुदायमा आएर छलफल नगरेको ग्रामिण क्षेत्रका महिलाहरुको गुनासो छ । हिंसामा परेका, जसले अभियानको बारे जानकारी पाउनुपर्ने हो ती महिलाले कहिल्यै अवसर पाउँदैनन्,’ भुलले भन्नुभयो, ‘महिलाको यस्ता कार्यक्रमको नाममा बजेट छुट्याउँछन । त्यो बजेट केमा खर्च हुन्छ भन्ने पनि हामीलाई जानकारी हुँदैन ।

अझैपनि महिला हिंसा छुवाछूतजस्ता घटनामा कमी आउन सकेको छैन । झन प्रहरी कार्यालयमा दर्ता हुने मुद्धाको संख्या हेर्दा यस्ता घटनाहरु बढ्दै गएका छन् । समाज परिवर्तनका लागि लक्षित समुदायमै पुग्ने विषयमा प्रहरी, स्थानीय सरकार, सामाजिक संघसंस्था लगायत सरोकारवालाहरुको ध्यानआकर्षण हुनु जरुरी रहेको छ ।

सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  बाटो को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  आकाश को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ९ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?