माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै

दार्चुला। नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनअन्तर्गत ९ प्रदेशमा आज नयाँ नेतृत्व चयन हुँदैछ ।

७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन हुने भएको हो ।

माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रवासबाहेक नौ प्रदेशको बन्दसत्रले आज नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रको प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?