दार्चुला । नेकपा (एमाले)ले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
जसअनुसार सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दामोदर भण्डारी,उपाध्यक्षमा कमल तिमिल्सिना, सचिबमा धर्मराज पाठक, उपसचिबमा बलदेव रेग्मी र भागरथि विष्ट प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, र कर्णालीको विनोदकुमार शाहलाई प्रस्ताव गरिएको छ ।
उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया