दार्चुला । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२२५ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।
प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । शेखर कोइराला समूमहका नेताहरुले आधा मत गणनाले पुनः मतदानको संकेत गरेको दाबी गरेका छन्, तर देउवालाई बहुमतका लागि अपुग मत धेरै नभएकाले संस्थापन पक्षका नेताहरु भने पहिलो चरणमै जित्ने आशामा छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया