दार्चुला । कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।
डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताउनुभयो । विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ । उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिनुभएको थियो ।
सहमहामन्त्रीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा आदिवासी जनजाति र दलिततर्फको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया