बैतडी । बैतडीमा आज थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय एक वृद्धमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो । जिल्लामा अहिले ३ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन भित्रिएसंगै बैतडीमा पनि सीमा नाकामा कडाई गरिएको छ । भारतबाट फर्किने हरेका नागरिकको सीमामा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया