एमसीसीको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमाले उपस्थित नहुने

दार्चुला : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो । संसदको गतिरोध अन्त्य र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसँग एमसीसी सम्झौता संसदमा पेश गर्ने विषयले छलफलमा प्राथमिकता पाउने बताइएको छ । नेकपा एमालेको अवरोधका कारण संसद चल्न सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अवरोध, एमसीसी लगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाक्नुभएको हो ।

सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा छन् । तर, सरकारमाथि भने एमसीसी टेबल गर्न दबाव छ ।

आफू सरकारमा हुँदा संसदबाट पारित गर्न खोज्ने विपक्षी नेकपा एमाले अहिले पर्ख र हेरको नीतिमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?