एलिजा भारती । संसार हेर्ने हाम्रा आँखाले एउटै अनुहारमा भएर पनि देब्रे ले दाहिने आँखालाई देख्दैन, न आफ्नै अनुहारमा भएका आँखाले आफुलाई देख्न सकिन्छ, हामिलाई लाग्छ आँखा मात्र हुनुपर्छ हामिले सबै कुरा देख्छौँ देखिसक्यौं तर खासमा टुकि मुनिको अँध्यारो जस्तै आफै म कोहु बुझेको हुन्नौं हो यस्तै बुझ्नु अझ देख्नु नै जीवन हो ।
जिन्दगीको यस्तै क्रममा विभिन्न किसिमको सामिप्यले आत्मियता बढाएर नजिक हुन्छौं भन्ने दुरिले झनझन दुरि निम्त्याउछौँ, हुन त मानिसले जे देख्छ,जे भोग्छ संसार जत्रो हुन्छ, जस्तो हुन्छ त्यस्तै आकारको परिभाषा दिन्छ । हरेक फुलको सुवास भिन्नै छ । हरेक फुलका आफ्नै रङ्ग हुन्छन । सबै आफै जस्तो एकैनासका हुन भन्नुको पनि अर्थ रहदैन । साथी हुन या आफन्त मानिसहरु सब एकैनासका हुदैनन । केही मानिस तक्दिरमा लेखिन्छन त कोहि तस्बिरमा भेटिन्छन तर जो कोहि नि जहाँ होस कोहि न कोहु सिकाएर जान्छन, आफुभन्दा कमसल मान्छेसँग हुदा माथी छु भन्ने घमण्ड होला, आफुभन्दा ठुलोसँग हुदा कमजोर छु भन्ने हिनताले सताउला त्यस अर्थ मुख्य कुरा के हो भने जिबनमा जे सुकै झेल्न परोस अरुसँग तुलना नगर्नुहोस् आफै झेल्ने हो, हरेक मानिस यात्री हो र उसको सबैभन्दा मन मिल्ने सहयात्री, उ आफै हो जतिसुकै मिल्ने साथी किन नहोस सधैं त्यस्तै रहदैन त्यो सोचिन्छ भने त्यो भ्रम हो । जस्तो भ्रमहरु पनि तोडिने कुनै एउटा समय हुन्छ ।
रुप रङ्ग र सधनता फरक होला तर स्वार्थ न हो आँखिर मात्राको फरक मात्रै हो । केही समय बिरामी भएर ओछ्यानमा मात्र पर्नुस, कसले के गर्छ के गर्दैन प्रष्ट थाहा हुन्छ। ढुङ्गा टिपेर त्यसलाई मुर्ती बनाई पुजे पनि ढुङ्गा त ढुङ्गै रहन्छ । जति कुर्नुस न आजसम्म भगवान् देखिए न देखिन्छन बरु त्यो धैर्य पनि कुनैदिन चुडिनेछ, धैर्य गर्नेपनी एक सिमा हुन्छ धैर्य पनि कुनै ईलाष्टिक भन्दा कम छैन जो एउटा् लम्बाईसम्म तन्किन्छ त्यो भन्दा अगाडि तन्कन नसकेर चुडिन्छ। त्यस्तो नहोस किनकी त्यति धैर्य गर्नु कुकुरको पुच्छरमा बाह्र बर्षसम्म सिधा लट्ठि बाँधेपनी अझ बाङ्गै हो । त्यस्तो नचाहिने कुरामा लाग्नु आफै समय बर्बाद गर्नु हो ।जहाँ खुशी मिल्छ जहाँ निस्वार्थ निस्चल स्नेह हुन्छ त्यसैमा लाग्नुहोस संसारमा कुनैपनी कसैकापनि आमाबुबा हुन्छन जीवनप्रयन्त होस या उप्रान्त छोराछोरीको खुशिमा स्वर्ग र आफ्नो खुशी भेटाउने । त्यही भएर परिस्थिति जतिसुकै निर्मम होस हामिले रमाउन सिक्नुपर्छ ।
जे जस्तो र आफुसँग जति कुरा आफुसँग छ त्यसैमा रमाएर जिउन सिक्नुपर्दछ। जे गरेपनी न कसैसँग रिसराग राख्नुहोस् ईर्ष्या जति गर्नु छ आफ्नो लागि छ । आफुलाई तिखार्नु छ त अरुको प्रतिभाको ढक राखेर उसैको तराजुमा आफ्नो क्षमता जोख्नुको कुनै तुक छैन किनकी अरुसँग प्रतिस्पर्धा गर्नु छैन नि यो लडाइ त आफुसँग को हो । सोचे जस्तो जिन्दगी कसैको हुदैन तर जिन्दगीमा सोच्न चाहिँ छाड्नु हुदैन। ओछ्यान जतिसुकै नरम लगाउ बिझाउनु छ भने सपनाले पनि ब्युझाउछ, यहाँ जति ओखती खाउ दुखाउनु छ भने हावाले पनि दुखाउछ भन्दै आश गर्न चाहिँ छोडनु हुन्न तर धेरै आस गर्ने बानि भएपछि मान्छे आफ्नै मनको दास हुन्छ । यत्तिकै बिना लगानी, बिना भोगाई, बिना परिश्रम, बिना आधार चिठ्ठामा पाईदैन पनि पाईएपछि त्यस्रा बस्तुको न मुल्य हुन्छ न मज्जा ।
लगन, ईमान्दारिको फल मात्र मीठो हुन्छ । सानातिना बाधा अडचन आईरहन्छन तर जब सानातिना कुरा भन्दा मानिसले आफ्नो चौतर्फी मेहनत गर्दै चौतर्फीबाट प्रेम र हौसला पाउन थाल्छ तब उसलाई एउटा सिमित घेराभित्रको आबश्यकताको महत्त्व हुन्न । सिमित घेराले सिमीत मात्र बनाउछ । सिमित नहुनुस् सिमलको भुव जस्तो बन्नुस खुला आकाशमा उड्ने तर बिचार गर्नुस बाटोमा हावाहुरी, घाम, पानी जस्ता धेरै कुराहरु हुन्छन जसले तपाईंको गन्तव्य रोक्ने दुस्साहस गरिरहन्छ तर हार नमान्नुहोस । केही गर्न नसक्ने मान्छेले पनी जिबनमा एकथोक चै गर्न सक्छ त्यो हो कोसिस त्यही कोसिस गरिरहनुस ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया