फागुनभित्रै योजना सक्ने योजनामा स्थानीय तह

दार्चुला । निर्वाचन हुने समय आउन थालेपछि स्थानीय तहले चालू आर्थिक वर्ष २०७८/०७९ का विकासका योजना आगामी फागुनभित्रै सम्पन्न गर्ने योजना बनाइरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले आगामी फागुनभित्रै सबै योजना सम्पन्न गर्ने तयारीमा स्थानीय तह जुटेका छन् ।

गत वर्ष पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष असोजदेखि नै कार्यान्वयन भइरहेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले चालू आवमा गर्नुपर्ने सबै योजना र कार्यक्रम फागुनभित्रै सम्पन्न गर्न पालिकालाई यसअगाडि नै आग्रह गरिसकेका छन् । अहिले पालिकाभित्रका प्राविधिक प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिको टोली निर्माण गरी उपभोक्ता समिति र ठेकेदारसँग नियमित रूपमा समन्वय सहजीकरण गर्ने काम भइरहेको छ । कर्मचारीले गरेका कामको नियमित रूपमा अनुगमन गर्ने काम सबै जनप्रतिनिधिले गरिरेहका छन् ।

स्थानीय तहले निर्वाचन अगाडि नै विकास निर्माणका सबै योजना सम्पन्न गर्ने गरी धमाधम काम गरिरहेका छन् । स्थानीय तहले स्थानीय निर्वाचनलाई लक्षित गरी गत असारमा सम्पन्न गाउँ र नगर सभाले बजेट निर्माण गर्दा नै वितरणमुखी कार्यक्रम बनाएका छन् । अहिले सोही कार्यक्रम कार्यान्वयनका चरणमा छन् । चालू आवका लागि पालिकाभित्र भएका अपाङ्गता, अशक्त, विपन्न समुदायका नागरिकको जीविकोपार्जन कार्यक्रम, दलित परिवारका बालबालिकाको प्राथमिक कक्षासम्मको अध्ययनका लागि पुस्तक, पोसाक, कापी, कलम र खाजा खर्चका लागि दलित छात्रवृत्ति राहत रकम कार्यक्रम सञ्चालन गरेका छन् ।

नेपाल नगरपालिका सङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुङ्गानाले स्थानीय तह नागरिकको सुखदुःखको सरकार भएकाले पालिकाले योजना बनाउँदा स्थानीय माग र आवश्यकताका आधारमा निर्माण गर्ने गरिएको बताउनुभयो । 

देशका अधिकासं स्थानीय तहले फागुनभित्र विकास निर्माणका काम सम्पन्न गर्ने जनाएपनि दार्चुलाका स्थानीय तहहरुको गति भने सुस्त छ । दार्चुलाका अधिकासं स्थानीय तहले बल्ल योजनाहरुको सम्झौता प्रकृया सुरु गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?