दार्चुला । दार्चुलाका बालबालिकालाई विद्यालयमै खोप लगाउन सुरु गरिएको छ। सोमबारदेखि नौ वटै पालिकाका विद्यालयबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या २१ हजार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पुस ९ सम्म लक्षित उमेरका सबै बालबालिकालाई पहिलो मात्रा खोप लगाइसक्ने योजना स्वास्थ्य कार्यालयको छ। दार्चुलामा हालसम्म ६७ प्रतिशले कोरोनाविरुद्ध पूर्ण खोप लगाएको र ७१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
विद्यार्थीहरुलाई खोप लगाउने काम भइरहेको अपिहिमालको खण्डेश्वरी स्वास्थ्य चौकी प्रमुख गणेशराज जोशीले बताउनुभयो । शैल्यशिखरको बोहोरीगाउँ स्वास्थ्य चौकी प्रमुख शिवदत्त जोशीले मंगलबार बालबालिकालाई खोप लगाइएको बताउनुभयो । दार्चुलामा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया