दार्चुलाको अल्कापुरी माविमा अनेरास्ववियुको कमिटी गठन

दार्चुला । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पछिल्लो समय दार्चुलाका माद्यमिक विद्यालय र क्याम्पसमा कमिटीहरु गठनमा तिब्रता दिएको छ । बुधबार (आज) जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ मा रहेको अल्कापुरी माद्यमिक विद्यालय कोट कौतलीमा कमिटी गठन गरिएको छ।

अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटीका संयोजक सन्तोष सिह ठगुन्नाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन पदम राज जोशीले गर्नुभएको थियो। कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पस कमिटीका पदाधिकारी कल्पना धामी, सावित्री महताको सहभागिता रहेको थियो । उक्त विद्यालयमा रेबिका लुहारको अध्यतातामा ४० सदस्यिय मावि स्तरीय कमिटी गठन गरिएको हो ।

कमिटी उपाध्यक्षमा आरस राम लुहार, सचिवमा नविना कुंवर, सहसचिवमा कलावती कार्की र कोषाध्यक्षमा प्रतिभा कुवरलाई चयन गरिएको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक सन्तोष सिह ठगुन्नाले जानकारी दिनुभयो ।

सायद ३ जना मानिसहरू, बच्चा, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?