दुर्गमको दुःखः अपिहिमालमा मात्रै दर्जनौँ युवा र सयौँ खच्चड नियमित काममा सक्रिय

दार्चुला । भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा दार्चुलाको अपिहिमाल गाउँपालिका र अन्य विभिन्न स्थानीय तहका विकट बस्तीहरुमा कामदार र खच्चडको भरमा खाद्यान्न र निर्माण सामाग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । संघीयता कार्यान्वयनपछि अधिकासं स्थानीय तहको गाउँ गाउँमा सडक पुगे पनि अपिहिमालको केन्द्रसम्म अझै सडक पुग्न सकेको छैन् । अपिहिमालको वडा नम्बर ५ ओखल र मकरीगाडबाहेक सबै वडामा सडक सुविधा नपुग्दा स्थानीयहरुले मजदुर र खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका वस्तु खरिदमा चर्को मूल्य तिरेर खान बाध्य भएका छन् ।

उकालो, ओरालो, भीर, पाखामा खच्चडबाट सामान बोकेर दैनिकी गुजार्ने गरेको खच्चड व्यवसायी मनिराम टमटाले बताउनुभयो । विभिन्न योजना तथा आयोजनाहरुमा निर्माण सामाग्री ढुवानी गर्नुपरेको कारणपनि खच्चड व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको उहाँले बताउनुभयो । दैनिक अपिहिमालका दर्जनौँ युवा र सयौँ खच्चड खाद्यान्न र निर्माण सामाग्री ढुवानीमा सक्रिय हुने गरेका छन् । अपिहिमालमा मात्रै झण्डै एक हजार खच्चड दैनिक काममा लागेको भएपनि सामान बोक्न भ्याइनभ्याइ हुने गरेको अर्का खच्चड व्यवसायी किरन मन्यालले बताउनुभयो । उहाँका अनुसार सडक नपुग्दा विभिन्न विकास निर्माणका काममा समेत काम पाइने गरेको छ ।

निर्माण सामाग्र्री मजदुर र खच्चडमार्फत ढुवानी गर्दा दोब्बर बढी महगोंमा पुग्ने गरेको स्थानीयको गुनासो छ । दिनहु खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेललगायतका दैनिक प्रयोग हुने खाद्यान्न मकरीगाडदेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा अपिहिमाल अर्थात मल्देशबासी दोब्वर मूल्यमा दैनिक उपभोग्य वस्तु उपभोग गर्दै आएको अपिहिमालका स्थानीय जनक ठेकरेले बताउनुभयो । अपिहिमालको वडा नम्बर ५ मकरीगाडदेखि गाउँपालिका केन्द्र खण्डेश्वरीसम्म पुग्न तीन÷चार घण्टा लाग्छ, उहाँले भन्नुभयो, गाउँपालिका केन्द्रबाट दुर्गमका वडाहरुमा पुग्न पुरै दिन लाग्ने गरेको छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महँंगो मूल्यमा खान निकै समस्या हुने गरेको छ । सडक पहुँच गाउँपालिकाको वडा नम्बर ५ मा मात्रै आइपुगेको छ । तर बर्खायामको समयमा त्यहाँसम्म पनि सवारीसाधन आउँदैनन् । त्यहाँबाट पैदलयात्रामा क्षेत्ती, घाजिर, पाथा दहिभात लगायतका दुर्गम गाउँहरुमा पुग्न एक दिन पुरै लाग्ने गरेको छ ।

खाद्यान्न मात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । एकातिर बाटोमै ज्यान जाने खतरा हुन्छ भने भाडा समेत अत्यधिक महगों तिर्नुपर्ने बाध्यता रहेको स्थानीय लिला मन्यालले बताउनुभयो । दार्चुलाको व्यास, मार्मा, लेकम, नौगाड लगायत अधिकासं गाउँपालिकामा खच्चडमार्फत खाद्यान्न र निर्माण सामाग्री ढुवानी हुदै आएपनि भगौलिक विकटताका कारण अपिहिमालबासी सबैभन्दा बढी मारमा छन् । अन्य स्थानीय तहमा एक करोडमा बन्ने भौतिक संरचना अपिहिमालमा करिब दुई करोड खर्च हुने अवस्था रहेको स्थानीय सुशिल रोकायले बताउनुभयो । आजभोलि लघुजलविद्युत आयोजना र अन्य विकास निर्माणका योजनाहरुको निर्माण सामाग्री ढुवानीको काम भइरहेको छ ।

सडक नहुदा औसतभन्दा दोब्बर बढी लागतमा योजनाहरु निर्माण भइरहेको अपिका अर्का स्थानीय प्रचण्ड ठेकरेले जानकारी दिनुभयो । यसरी सामान ढुवानी गर्दा प्रतिकिलो १० देखि ३० रुपैयाँसम्म बढी पर्ने गर्छ । अधिकासंले घरमै खच्चड पालेर निर्माण र खाद्यान्न सामाग्री ढुवानी गर्ने गरेका छन् । टाढाका दर्जनौँ बस्तीहरुमा खाद्य सामाग्री समेत दोब्बर मूल्यमा पुग्ने गरेको उहाँले बताउनुभयो । सडक निर्माणमा निरन्तर पहल गरेपनि भगौलिक विकटता, ठेकेदारको लावरवाही, बजेट अभाव र राजनीतिक चलखेलका कारण लक्ष्य अनुसार सडकमा प्रगति हुन नसकेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । स्थानीय तह निर्माणपछि सडक निर्माणमा प्रगति भने भइरहेको उहाँको भनाई छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?