दार्चुलामा २६ करोडमा ५० शैय्याको अस्पताल बनाइदै

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा ५० शैय्याको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ। आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो। वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिनुभयो ।

जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले भन्नुभयो, जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ। भवन बहुउपयोगी बन्नेछ। २०७० सालको बाढीले अस्पतालको भवनलाई क्षति पुर्‍याएको थियो। अस्पतालको जमिन बाढीले बगाएपछि अहिले जमिन अभाव छ।

भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफूलाई कार्यक्षेत्रमा खटाएको जानकारी दिनुभयो । भवन चार तलाको बन्ने छ। यसका लागि २६ करोडमा ठेक्का सम्झौता भएको छ। अहिले अस्पताल २९ शैय्यामा सञ्चालित छ । रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?