मार्मामा दुर्गेश बिष्टको अध्यक्षतामा माओबादी केन्द्र निकट कर्मचारी संगठन चयन

दार्चुला । नेकपा माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन मार्मा गाउँकमिटीको अध्यक्षमा दुर्गेश बिष्ट चयन हुनुभएको छ । उपाध्यक्षमा संगीता ताम्राकार, हरिदत्त भट्ट, सचिवमा दिनेश सिंह धामी, कोषाध्यक्षमा बेलमती भट्ट रहनेगरी १९ सदस्यिय कमिटी चयन गरिएको छ ।

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाको अध्यक्षतामा विहीबार बसेको भेलाले कर्मचारी संगठनको नेतृत्व चयन गरेको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको प्रमुख आतिथ्यता र उपाध्यक्ष बाग्मती ठगुन्नाको विशिष्ट आतिथ्यता रहेको थियो ।

पाँच जना जिल्ला सम्मेलन प्रतिनिधि छनौट गरिएको छ । जिल्ला सम्मेलन प्रतिनिधिमा संगठनका अध्यक्ष दुर्गेश बिष्ट, स्वास्थ्य शखा संयोजक चक्रसिंह धामी, ओभरसियर बिक्रम जोशी, कर्मचारीहरु धनबहादुर धामी र नन्दन सिंह ठगुन्ना चयन गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?