लेकम गाउँपालिकामा दुई दिने न्यायिक अभिमुखिकरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा दुई दिने न्यायिक अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । लेकम गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारी, कार्यपालिका सदस्य र कर्मचारी हरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

लेकम गाउँपालिकाका अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला न्यायाधीश कोमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत मन्तव्य विशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष माधवी जोशीले राखेको कार्यक्रममा न्यायधिस आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवाली, लेकम गाउँपालिकाका कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम सुक्रबार सम्पन्न हुनेछ । कार्यक्रममा न्यायिक समितिको काम, कर्तब्य र अधिकारका साथै विद्यमान कानुनी व्यवस्थाको बारेमा जानकारी गराउने उद्धेश्य छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?