दार्चुला । भारतको पिथौरागढ जिल्ला अन्तरगत जोलजिवि एसएसबी क्याम्पमा नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीहरुबिच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा सीमानाकामा हुने सिमा अपराधलाई नियन्त्रण गर्ने विषयमा समन्वय गर्ने सहमति भएको अधिकारीहरुले बताएका छन् ।
दुई देश बिचका सुरक्षा अधिकारी सम्मेलित बैठकमा सीमामा हुने मानव बेचबिखन, चोरी तस्करी र लागु औषधको कारोबार तथा ओसारपसार नियन्त्रण गर्ने, सूचनाहरु आदानप्रदान गर्ने र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको बताइएको छ ।
सीमा पुलमा नेपाली सुरक्षाकर्मी तथा भारतीय सुरक्षाकर्मीबाट गरिने व्यवहारलाई नागरिक मैत्री बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । दोहोरो नागरिकता लिएर बसेका नागरिक भए उनिहरु माथी निगरानी गर्दै कानुनी कारबाही गर्ने सहमती भएको छ ।
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति (एसपी) नरेन्द्र बम, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मनोहर प्रसाद भट्ट, सीमा चौकी र सशस्त्र बीओपीका प्रमुखहरु, भारतको५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जौलजिवि थानाका इन्सपेक्टर प्रदिप कुवर लगायतको उपस्थिति रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया