दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा अर्को व्यवस्था नभएसम्मका लागि छैटौँ तहका अधिकृत नरसिंह बडाललाई जिम्मेवारी दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. वियज भुर्तेलको पुस ५ गते काठमाण्डौ सरुवा भएपछि अधिकृत छैटौ तहका बडाललाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक अख्तीयारी सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
बडाललाई पुस ९ गते देखीको कार्यादेश प्राप्त भएको छ । यसअघि बडालले २०७६ कार्तिक १ गते देखी २०७७ पुस मसान्त सम्म नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नु भएको थियो । त्यसपछि प्रमुख प्रशासकिय अधिकृत हाजिर भएपछि उहाँको जिम्मेवारी फेरीएको थियो ।
महाकाली नगरपालिका नगरकार्यपालिकाको यहि पुस ७ गतेको बैठकले बडाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले बडाललाई आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ ।
दार्चुलाका अधिकासं स्थानीय तह प्रमुख प्रशासकिय अधिकृत नहुदा लामो समयदेखि निमित्तको भरमा सञ्चालित छन् । राजनीतिक दाउपेच र आर्थिक स्वास्र्थ लगायत कारण प्रमुख प्रशासकिय अधिकृतहरु स्थानीय तहमा धेरै टिकाउन नसकेको बताइन्छ । संघीय मन्त्रालयले समेत प्रमुख प्रशासकिय अधिकृतहरुलाई दबाब र पहुँचको भरमा धमाधम सरुवा गरेर जनप्रतिनिधिहरुको अनुकुल कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिदा आर्थिक र प्रशासनिक काममा अपारदर्शिता र कमजोरी बढ्दै गएको आरोप बढ्दो छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया