दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको ६५ लाख बजेटमा कोटापिपलदेखि शैल्यशिखर नगरपालिका वडा नम्बर ८ अम्तोली हुँदै पपरथला जोड्ने सडक निर्माण भइरहेको छ । अम्तोलीमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । केही दिन पहिले अम्तोलीमा पहिलोपटक हरिदत्त जोशी (गुप्ता) को से १ ज १०८७ नम्बरको जीप पुगेको हो । गाउँमा जीप पुगेपछि स्वगत गरिएको अम्तोलीका स्थानीय एबं गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक रामदत्त पन्तले बताउनुभयो ।
मट्युल अम्तोली पपरथला सडकमा एस.के. निर्माण सेवाले निर्माणको काम गरिरहेको छ । उक्त सडक एक बर्षमा निर्माण सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको निर्माण व्यवसायी दिवाकर जोशीले बताउनुभयो । दुई किलोमिटरमध्ये एक किलोमिटर बढी सडक निर्माण भइसकेको उहाँले बताउनुभयो ।
यसैबिच उक्त सडक निर्माणको क्रममा लेकमको वडा नम्बर ६ तिउनेगाउँ, तेलिगाउँ आउने खानेपानी अवरुद्ध भएको छ । खानेपानी अवरुद्ध भएपछि झण्डै डेढ सय परिवार समस्यामा परेको लोकदपर्ण समाचारदाता पुस्कर नाथले बताउनुभयो ।
तीन दिनदेखि धारामा पानी आउन नसकेको बताउदै स्थानीयले खानेपानी मर्मत गरिदिन निर्माण व्यवसायीसंग अनुरोध गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया