६ बुँदे सहमतिपछि आफन्तले दासको शव बुझे

दार्चुला ।  कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको परिवार शव बुझ्न सहमत भएको छ । आइतबार भएको छलफलपछि गाउँपालिकासँग माग सम्बोधनका लागि ६ बुँदे सहमति भएपछि पीडित परिवार शव बुझ्न तयार भएको हो ।

जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्षले उठाएका ८ बुुँदेमध्ये ६ वटा माग सम्बोधन गर्ने विषयमा लिखित सहमति भएपछि मृतकको परिवार शव बुुझ्न सहमत भएको जानकारी दिनुभयो । ।

हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्च शिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा लगायत ८ बुँदे माग पीडित पक्षले राखेका थिए ।

पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा भोलि पल्ट स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए ।

हत्यामा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?