बैतडीको पुर्चौडीमा एक जना मृत फेला

दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका २ सीमचानीका ५७ बर्षीय धनबीर धानुक घरबाट करीब एकसय मिटरको दुरीमा रहेको खोलामा मृत अवस्थामा आइतबार साँझ फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

यही पौष ९ गतेदेखि हराएका धानुक आइतबार मृत फेला परेका हुन् । उहाँको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो ।

घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?