लेकम गाउँपालिकामा ओझाको स्वागत, बडूको विदाइ

दार्चुला। दार्चुलाको लेकम गाउँपालिकामा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विगत दुई बर्षदेखि लेकम गाउँपालिकामा कार्यरत प्रशासन अधिकृत (छैठौ) कृष्णानन्द बडूको विदाई गरिएको छ, भने शिक्षा अधिकृत केशवराज ओझालाई स्वागत गरिएको छ।

अधिकृत बडूको दार्चुलाकै व्यास गाउँपालिकामा सरूवा भएपछि लेकमबाट विदाइ गरिएको हो । शिक्षा अधिकृत ओझाको व्यास गाउँपालिकाबाट लेकम सरूवा भएपछि स्वागत गरिएको हो।

अधिकृत ओझाले लेकम गाउँपालिकामा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखको जिम्मेवारी पाउने बताईएको छ। बुधबार (आज) आयोजित विदाइ तथा स्वागत कार्यक्रममा लेकम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?