दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।
राप्रपाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा सो दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले पुस २७ गते सार्वजनिक बिदा घोषणाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया