पूर्वमन्त्री ठगुन्नाद्धारा रानीशिखरमा भेटघाट, ६५ जना प्रवेस, यस्ता छन प्रतिबद्धता (फोटोफिचर)

दार्चुला । नेकपा एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा कार्यकर्ता र जनतासंग भेटघाट गरेको छ । शुक्रबार नेता ठगुन्नाको प्रमुख आतिथ्यतामा काडापारीमा घरदैलो अभियानका साथै कार्यकर्ता भेलाको आयोजना गरिएको अनेरास्ववियु नेता राजेशसिंह बिष्टले जानकारी दिनुभयो ।

अभियानका क्रममा नन्दनसिंह ठगुन्ना र अम्बादत्त ठगुन्ना लगायत ५० जना नेपाली कांग्रेशबाट र १५ जना माओबादी केन्द्रबाट गरी ६५ जनाले नेकपा एमालेमा प्रवेस गरेको बिष्टले बताउनुभयो । घरदैलो अभियान अन्तरगत बिरभानसिह ठगुन्ना (प्रधान) र प्यारालाइसिसका बिरामी नबिन ठगुन्नालगायलाई भेटेको बिष्टले बताउनुभयो ।

कार्यकर्ता भेटघाटका क्रममा पूर्वमन्त्री ठगुन्नाले रानीशिखर पुग्ने सडक सुचारु गर्नका लागि पहल भइरहेको बताउनुभयो । बगौरा र देथलाबाट जोड्ने सडकमा काम सुचारु गर्न सहरी विकास मन्त्रालयबाट बजेटको व्यवस्था भइसकेको र टेण्डरका लागि ताकेता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नै पहलमा रानीशिखरमा बिजुली पुगेको बताउदै उहाँले केही छुट बस्तीमा विद्युत विस्तारका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । रानीशिखरको रातापानी तटबन्ध अत्यावश्यक रहेकोले पहल गर्ने उहाँको भनाई छ । बजेट निर्माण गर्ने बेला आफु बिरामी परेकोले बजेटमा समावेस गर्न नसकेको बताउदै उहाँले बजेटको व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

रानीशिखरको मालिकार्जुन आधारभुत विद्यालयको डेलिगेसन प्राप्त भएको र सोहि अनुसार प्राविधिक शिक्षा लगायत आवश्यक शैक्षिक सुधारमा आफ्नो ध्यानआकर्षण भएको नेता ठगुन्नाको भनाई थियो । नेकपा एमालेले शैल्यशिखरमा कांग्रेशको भन्दा दोब्बर मत प्राप्त गर्दै विजय हासिल गर्ने नेता ठगुन्नाको दाबी छ ।

एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनको लागि गृह जिल्ला आउनुभएका ठगुन्ना कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । खलंगामा सम्पन्न एमाले जिल्ला अधिवेसन आयोजक कमिटी बैठक पछि ठगुन्नाले बिहीबार शैल्यशिखर नगरपालिका वडा नम्बर ५ ओखडानीमा कार्यकर्ता भेटघाट गर्नुभएको थियो । उहाँले कार्यकर्ता भेटघाटका क्रममा आगामी स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । वडा नम्बर ५ मा २०४९ सालमा नेपाली काग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका गोबडी डागा र पार्वती डागाले नेकपा एमाले प्रवेश गरेको बताइएको छ ।

यसैबिच नेकपा एमालेको आठौ जिल्ला अधिवेशन नजिकिएसंगै जिल्ला भरी प्रतिनिधि छनोट भइरहेका छन् । यहि पुष २३ गते हुने अधिवेशनको लागि वडा र पालिका तहबाट प्रतिनिधि छनौट बिहीबारबाट सुरु भएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । पुस ११ गतेको जिल्ला कमिटी बैठकले अधिवेशनमा सहभागि हुने प्रतिनिधिको मापदण्ड तयार पारेपछि प्रतिनिधि छनोट कार्य भइरहेको हो ।

नेकपा एमालेले पुस १७ गतेसम्म पालिकाबाट प्रतिनिधि छनौट गरिसक्ने जनाएको छ । लेकम गाउँपालिकाका सबै वडामा विहिबार प्रतिनिधि छनोट कार्य सम्पन्न भइसकेको छ । शनिबार गाउँपालिका केन्द्र रातामाटामा पालिका कमिटी बैठक आयोजना गरेर पालिकाबाट जिल्ला अधिवेसन प्रतिनिधि छनोट गरिने एमाले दार्चुलाका सचिवालय सदस्य एबं लेकम गाउँकमिटी इन्चार्ज परमानन्द जोशीले बताउनुभयो । अन्य स्थानीय तहमा समेत प्रतिनिधि छनोट भइरहेको एमाले दार्चुलाले जनाएको छ ।

*यसअघि ६५ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?