महाकाली नदीको स्वच्छताका लागि जागरण भेला, सरसफाइ र संरक्षण गर्ने सामुहिक संकल्प

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदी किनारमा पवित्र महाकाली नदीको स्वच्छता, सरसफाइ र संरक्षणका लागि निस्वार्थ रुपमा क्रियाशिल भइरहने संकल्प गरिएको छ । सनातन धर्मालम्बीहरुको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि तन, मन, बचन र कर्मले सकारात्मक योगदान पुर्याएरहने प्रण सहित व्याक्तिगत र सामुहिक संकल्प गरिएको संकल्पकर्ता शंकरसिह धामीले जानकारी दिनुभयो ।

महाकाली नदीको स्वच्छता, सरसफाइ र संरक्षण अभियानमा सहभागिता बढाउन सिर्जनात्मक रुपमा सक्रिय भइरहने उहाँको भनाई छ । पवित्र महाकाली नदीको संरक्षण र स्वच्छताका लागि शनिबार जागरण भेलाको आयोजना गरेर संकल्प अभियानको थालनी गरिएको हो । महाकाली नदी दुर्गन्धीत हुदैगएकोले त्यसको स्वच्छताका लागि छलफल गर्न भेलाको आयोजना गरिएको अर्का संकल्पकर्ता रामसिह धामीले बताउनुभयो ।

महाकालीमा सोझै ढल र फोहर फालिएपछि नदी दुर्गन्धित बन्दै गएको छ । नदीमा दुर्गन्ध बढ्दै जादा मानिस लगायत सजिव प्राणीहरुमा यसको प्रतक्ष प्रतिकुल असर पर्ने भएकोले सरसफाइ र संरक्षणको अभियान थालिएको हो । शनिबार आज महाकाली नगरपालिकाको विरेन्द्र वन बसपार्कस्थित महाकाली किनारमा जागरण भेलाको आयोजना गरी संकल्प गरिएको धामीले बताउनुभयो ।

संकल्पपछि संकल्पकर्ता शंकरसिह धामीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, संकल्प व्यक्तिगत र सामुहिक दुबै रूपमा गरेका छौं । पवित्र महाकाली स्वच्छता अभियाका सहयात्री सम्पूर्ण दिव्यआत्माहरूलाई नमन । सम्पूर्ण पात्र र क्षेत्रबाट यो अभियानमा साथ, सहयोग, ऐक्यबद्धता र सदभावको अपेक्षा गर्दछौं । पवित्र महाकाली किनारमा जीवन विताउने अवसर हामीले पाएका छौं । पवित्र महाकालीको ऋण चुकाउने सुनौलो अवसर पनि हामीसंग छ । आउनुहोस्, यो परमार्थ कर्ममा सहयात्रा गरौं ।

सायद 'पवित्र महाकाली स्वच्छता अभियान संकल्प-पत्र सनातन धर्मावलम्बीहरुको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि तन, मन, वचन र कर्मले सकारात्मक योगदान पुरयाइरहने प्रण गर्दछ पवित्र महाकाली नदीको स्वच्छता, सरसफाई संरक्षणका लागि निस्वार्थ रुपमा क्रियासिल भइरहने र यो पुण्यकार्यमा सहभागिता बढाउन श्रृजनात्मक रुपमा सक्रिय भइरहने संकल्प गर्दद्ु जय महाकाली हर हर काली !! हर हर गोरख!!! संकल्पकर्ताको नाम: शक__ਬिंਣ भਜी ठेगाना: महाकली สd หp -X र्लंगा, दार्ला मोबाइल नम्बर: St8t664x22 मिति 2०७7 पुष 96 हस्ताक्षर co' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद १० जना मानिसहरू, उभिएका मानिसहरू, बाटो तथा  'BA Shot on One us By Vj Ram Dhami' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

तस्बिर: पत्रकार रामसिंह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?