जागृति युवा समाजको प्रथम साधारणसभा सम्पन्न

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा रहेको जागृति युवा समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ । जागृति युवा समाजका अध्यक्ष महादेब साउँदको अध्यक्षता र लेकम गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिह साउदको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामार्फत अध्यक्षमा महादेब साउद, उपाध्यक्षमा माधवसिह साउद, सचिवमा दिपक बिष्ट, कोषाध्यक्ष गोमती साउद भाट, सदस्यहरुमा कालुराम लावड, रमेश बोहरा, अञ्जना खत्री चयन भएका छन् ।

यस्तै जागृति युवा समाजको कार्यालय लेकम गाउँपालिका वडा नम्बर १ बडिपुरमा उद्घाटन गरिएको छ । ४१ जना आजिवन सदस्य रहेको उक्त समाजले सल्लाहकार समिति र प्रवासी समिति समेत गठन गरेको सचिव दिपक बिष्टले जानकारी दिनुभयो ।

कानुनी सल्लाहकारमा धिरेन्द्रसिह साउद र सल्लाहकारमा दौलतसिह साउद, ललितसिह साउद र हरिप्रसाद भट्ट चयन भएका छन् । रामसिह साउदको अध्यक्षतामा गठित प्रवासी समितिको उपाध्यक्षमा सन्तोषसिह साउद, सचिव नवराज खत्री, सहसचिवमा सुन्दर साउदसहित ११ जना रहेका छन् ।

गरिब जेहेनदार टुहुरा असाहाय विद्यार्थीलाई पोसाक, शैक्षिक सामाग्री, छात्रबृति प्रदान गर्ने उद्धेश्यले आर्थिक सहायता कोष समेत स्थापना गरिएको सचिव बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?