दुम्लिङमा पानी सुरक्षा, जलबायु अनुकूलन तथा जोखिम न्यूनीकरण तालिम सम्पन्न

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा खानेपानी योजना स्तरीय पानी सुरक्षा, जलबायु अनुकूलन तथा जोखिम न्यूनीकरण तालिम सम्पन्न भएको छ । व्यास गाउँपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना तेस्रो चरणको आर्थिक सहयोगमा आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न दोमुल्या खानेपानी तथा सरसफाई योजना व्यास गाउँपालिका २ दुम्लिङमा तीन दिने योजना स्तरीय खानेपानी सुरक्षा, जलवायु अनुकूलन तथा जोखिम न्यूनीकरण तालिम सम्पन्न भएको हो ।

तालिममा खानेपानी योजनामा रहेका संरचनाहरुको स्थलगत अनुगमन गरि जोखिम विश्लेषण तथा कार्य योजना तयार गरि सम्पन्न गरिएको बताइएको छ । उक्त तालिममा प्राबिधिक सहजकर्ता बुद्धि पल्लब जोशी र जलश्रोत प्राबिधिक मोहन सिह धामीले सहजीकरण गर्नुभएको थियोे ।

पौष १५ देखि १७ सम्म ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा संचालन गरिएको उक्त तालिममा उपभोक्ता समिति पदाधिकारी तथा पानी सुरक्षा टोली सहित जम्मा १७ जनाको सहभागिता रहेको थियो । यस योजना बाट ९९ घरधुरी तथा ५८१ जनसंख्या लाभान्वित भएको प्राबिधिक सहजकर्ता बुद्धि पल्लब जोशीले बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?