दार्चुला । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट गुरु गोरख गुल्म दार्चुलामा ७५ जनाको पदपुर्ती गरिएको छ । सैन्य पदको विस्तृत स्वास्थ्य परिक्षणमा पास भएका १०१ जना उम्मेदवारहरुमध्येबाट ७५ जनालाई छनोट गरिएको हो ।
सैन्य छनोट अन्तरगत विभिन्न मितिमा सञ्चालन गरिएको शारीरिक परीक्षा, लिखित र बोर्ड अन्तरवार्तामा उम्मेदवारहरुले प्राप्त गरेको नतिजाको आधारमा योग्यताक्रम अनुसार ७५ जना छनोट गरिएको गुरु गोरख गुल्म दार्चुलाका गुल्मपती तथा सेनानी कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । लोकसेवा आयोगको कार्यालय दिपायल डोटीले मंसिर १८ गते लिएको परीक्षामा दार्चुलाबाट ३ सय ७४ जना सामेल भएकोमा १०९ जना पास भएका थिए । पुस ५ गतेबाट ९ गते सम्म लिखित परिक्षामा पास भएका १०९ जनामध्ये विस्तृत स्वास्थ्य परीक्षणमा पास भएका १०१ जना उम्मेदवारको पुस १४ गते विहान १० बजे देखी १६ गते सम्म गुरु गोरख गुल्ममा अन्तरर्वाता गरिएको थियो ।
सेनाले खुल्लातर्फ ३९ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्त, मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ २, महिला तर्फ ७, आदीवासी जनजातीतर्फ ११, मधेशीतर्फ १०, दलित तर्फ ५ र पिछडिएको क्षेत्रबाट १ जना गरी जम्मा ७५ जनाको पदपुर्ती गरेको हो । सैन्य छनोट अन्तरगत पास भएर नेपाली सेनामा भर्ना हुन सफल उम्मेदवारहरुको नामावली तपसिल बमोजिम रहेको छ ।




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया