दार्चुला । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ । अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गर्नुभएको थियो । प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको हो ।
दार्चुलाबाट संबिधान सभा सदस्य समेत रहनुभएका नेता लक्ष्मणदत्त जोशी (लक्ष्मी जोशी) र नेतृ लक्ष्मी बिक केन्द्रीय कमिटी सदस्यमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री समेत रहनुभएका नेता मानबहादुर धामी भने केन्द्रीय सदस्यको सूचिमा अटाएनन । स्रोतका अनुसार नेता धामीले माओबादी केन्द्रको प्रदेश कमिटी अध्यक्षमा प्रतिस्पर्धा गर्ने सहमति जुटेपछि केन्द्रीय सदस्यको दाबी छोड्नुभएको हो । माओबादीको केन्द्रीय कमिटीमा दार्चुलाबाट दुई जना सहित सुदूरपश्चिमबाट २३ जना अटाएका छन् । अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।
सुदूरपश्चिमबाट अछामका तारामान स्वार, शरदसिंह भण्डारी बझाङका देबराज रेग्मी, कञ्चनपुरकी बिना मगर, दार्चुलाका लक्ष्मणदत्त जोशी केन्द्रीय सदस्य भएका छन् । यस्तै बझाङकी सीता नेपाली, बैतडीकी रेणु चन्द, नरेन्द्र कुवर, दार्चुलाकी लक्ष्मी बिक, कैलालीका विरभान चौधरी, रुपा चौधरी, नेपबहादुर चौधरी, लालबहादुर सोडारी, कञ्चनपुरका देविलाल चौधरी, बझाङकी देबकी मल्ल पनि केन्द्रीय सदस्य भए । त्रिलोचन भट्ट, खगराज भट्ट, मन्जु बम, डम्बर घर्ती, बिमला सिंह, दीपा चौधरी, जगत पार्की र कुन्ति जोशी पनि केन्द्रीय सदस्य निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तो छ सूची
खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य, रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहादर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाललगायत ।
दलिततर्फ
विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज, पम्फा बसेललगायत ।
खस आर्यतर्फ (पुरुष, महिला र युवा)
नारायण दाहाल, सूर्य सुवेदी, धीरेन्द्र शर्मा बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवेन्द्र पराजुली, हरिराज अधिकारी, विजय भण्डारी, दुर्गा चापागाईँ, दानबहादुर सोडारी, यशोदा न्यौपाने, विमल सिंह, दीपा सिंखडा, गीता सुवेदी, कृष्ण शाही, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईं, रुक्मिणी गौतम, हरिमाया शर्मा, आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगा बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, दीपा सिंखडा, ज्ञानु बस्नेत, लक्ष्मी न्यौपाने, मञ्जु बमलगायत ।
थारुतर्फ (पुरुष,महिला र युवा)
शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौध्री, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरीलगायत ।
आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा)
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेवे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बीना मगर, आर तामाङ, कमला पहाडी लगायत ।
मधेसीतर्फ
रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनीताकुमारी महतोलगायत
अपाङ्गतर्फ
चूडामणि खड्का, घनश्याम यादव, चम्पा कार्कीलगयात
मुस्लिमतर्फ
हकिकुल्लाह मुसलमान, अरु पछि चयन हुन बाँकी ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया