दार्चुला । मौलिक जरोकिलो पार्टी शैल्यशिखर नगर समितिको आयोजनामा गोकुलेश्वर बसपार्कमा जरोकिलो सत्सङ्ग सम्पन्न भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष सुशिल गौतम प्रमुख वक्ता रहेको सत्सङ्गमा स्थानीय समाजसेवी जयानन्द मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो।
शैल्यशिखर नगर संयोजक तोयराज जोशीको अध्यक्षतामा चन्द्रदेव बिष्टले संचालन गर्नुभएको सत्सङ्गमा प्रदेश अध्यक्ष खिमानन्द जोशी, धार्मिक व्यक्तित्व स्वामी रामानन्द सरस्वती लगायतले मन्तब्य राखेको नगर संयोजक तोयराज जोशीले जानकारी दिनुभयो । सत्सङ्गमा पार्टीका नगर सचीव कोमल जोशी, वडा नम्बर ७ का संयोजक देवराज जोशी, वडा नम्बर ८ का संयोजक अम्बादत्त जोशी, समाजसेवी हिक्मत चन्द, कम्मान साउँद लगायतले आफ्नो विचार राख्नुभएको थियो ।
सत्सङ्गमा कलाकार फुनडी हुड्के, पुरन वि.क. लगायत कलाकारको टोलीले मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया