दार्चुला । नेकपा (एकिकृत समाजवादी) की नेतृ तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी मंगलबार (भोली) दार्चुला आउनलाग्नुभएको छ । मार्मा गाउँपालिकामा नेकपा (एस) को प्रथम गाउँभेलालाई सम्बोधन गर्न कानून मन्त्री जोशी मार्माको केन्द्र लटिनाथ आउने कार्यक्रम रहेको मार्मा गाउँकमिटी इन्चार्ज गंगादत्त जोशीले बताउनुभयो । भेलामा मन्त्री जोशीसंगै नेकपा (एस) का दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्ट लगायत नेताहरुको उपस्थिति रहने उहाँले बताउनुभयो ।
नेकपा एसले दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकामा गाउँ कमिटी चयन गरिसकेको छ । अपिहिमालमा धनपाल बोहराको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरिएको छ । भने नौगाड गाउँपालिकामा किशनसिह ठगुन्नाको अध्यक्षतामा २३ सदस्यिय गाउँकमिटी चयन गरिएको नौगाड गाउँकमिटी उपाध्यक्ष चन्द्रावती ठगुन्नाले बताउनुभयो ।
यहि पुस २६ गतेभित्र जिल्लाका सबै पालिकामा कमिटी चयन गरिसक्ने नेकपा एकिकृत समाजवादीले जनाएको छ । नेतृ जोशी मार्मा गाउँपालिकाको कार्यक्रम सकेर दार्चुला सदरमुकाम खलंगा समेत आउने कार्यक्रम रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया