दार्चुला । गएको मंगलबारदेखि बिहीवारसम्म निरन्तर परेको हिमपातका कारण दार्चुलाका डाडाकाडा सेताम्मे भएका छन् । दार्चुलाको हिमाली क्षेत्रमा २ देखि ६ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । तीन दिनको हिमपातपछि भने घाम लागेको छ। घाम लागेसँगै वरिपरिका डाँडा पाखाहरु चाँदीझैँ टलक्क टल्किएका छन्। स्थानीयहरु घाम ताप्न घाम नपर्ने क्षेत्रबाट घाम पर्ने डाडाहरुमा भेला हुने गरेका छन् । घाम ताप्नकै लागि लेकम गाउँपालिका वडा नम्बर ६ को सिरोडा डाडा लगायत क्षेत्रमा भिड लाग्ने गरेको छ । हिउँदका महिनामा अधिकासं घरक्षेत्रमा घाम नपर्ने भएकोले डाडामा जाने गरेको स्थानीयहरुले बताएका छन् ।
टलक्क टल्किएको हिउँले वरिपरिको वातावरणलाई मनमोहक बनाएको छ । हिउँ परेपछि बन्द भएका विद्यालयहरु खुलेसँगै विद्यार्थीहरु विद्यालय जान थालेका छन् । कृषकहरु पनि घाँसपात गर्ने र बारीको काममा बिहानैदेखि व्यस्त देखिएका छन् । हिमपात र बर्षाका कारण हिउँदे खेतीका लागि राहत महसुस भएको किसानहरुले बढाएका छन् । हिमपातपछि परेको घामका कारण चिसो घट्न थालेको र जनजीवन सामान्य बन्दै गएको स्थानीयले बताएका छन् ।








तस्बिरः पत्रकार लोकेन्द्र जोशी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया