दार्चुला–टिंकरको ३० किलोमिटर सडक कालोपत्रे गर्न तीन अर्ब ९७ करोडको ठेक्का सहमति

दार्चुला । महाकाली लोकमार्ग अन्तरगत बैतडी र डडेल्धुरामा ५७ किलोमिटर नयाँ टुर्याक खुलाउन र दार्चुला–टिंकर सडक खण्डको ३०.८४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न तीन अर्ब ९७ करोड बजेटको सहमति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्राप्त भएको छ । तीन अर्ब ९७ करोड रकम वराबरको बहुबर्षिय ठेक्काका लागि अर्थ मन्त्रालयबाट श्रोत सुनिश्चितता गरि राष्ट्रिय योजना आयोग मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कार्यान्वयनका लागि सहमति दिइएको अर्थ मन्त्रालयका शाखा अधिकृत सुशीला देबी भट्टले जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगको यहि मंसिर २४ गतेको चलानी नम्बर २५५ को पत्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट उपशिर्षक ३३७०११०३ अन्तरगत महाकाली लोकमार्गको ब्रह्मदेब झुलाघाट दार्चुला टिकंर सडक खण्डमध्ये डडेल्धुरा र बैतडीमा ५७ किलोमिटर सडकको नयाँ ट्र्याक खोल्न तथा दार्चुला जिल्लाको विभिन्न सडकखण्ड मध्ये ३०.८४ किलोमिटर कालोपत्रे स्तरमा स्तरोन्नती गर्न तीन अर्ब ९७ करोडको बहुबर्षिय ठेक्का गर्न सहमति उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका योजना अधिकृत शारदा ज्ञवालीका अनुसार विगत लामो समयदेखि प्रकृयामा रहेको महाकाली लोकमार्गको ब्रह्मदेब झुलाघाट दार्चुला टिकंर सडकलाई बहुबर्षिय ठेक्कामार्फत प्राथमिकताका साथ निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मन्त्रीस्तरीय निर्णयबाट सहमति प्राप्त भइसकेको छ । सरकारले प्राथमिकताका साथ निर्माण गरिरहेको महाकाली लोकमार्गलाई कानुन अनुसार सबै प्रकृया पुर्याएर बहुबर्षिय ठेक्काका लागि सहमति प्रदान गरिएको उहाँले बताउनुभयो ।

नेताहरुलाई जस लिन होडबाजी
महाकाली लोकमार्ग (दार्चुला टिकंर सडक) लाई बहुबर्षिय ठेक्काका लागि सहमति प्रदान गराउन आफुले पहल गरेको भन्दै दार्चुलाका स्थानीय तहदेखि प्रदेश र संघीय संसदका जनप्रतिनिधिहरुले दाबी गरिरहेका छन् । नेपाली कांग्रेशका केन्द्रीय सदस्य एबं कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको सचिवालय नामक फेसबुक पेजबाट राष्टिय योजना आयोग र अर्थ मन्त्रालयको पत्रसहित मन्त्री बडूको पहलमा महाकाली लोकमार्गको ब्रह्मदेब झुलाघाट दार्चुला टिकंर सडक बहुबर्षिय ठेक्काका लागि सहमति प्राप्त भएको स्टाटस राखेपछि चौतर्फी आलोचना भइरहेको छ । कांग्रेशका केही नेता र कार्यकर्ताले बडूको पहल भन्दै सामाजिक सञ्जालमा स्टाटस राखिरहेको बेला चारैतिरबाट अरुले गरेको पहलमा जस लिने नियतले झुटो प्रचारबाजी गरिएको भन्दै आलोचना गरिरहेका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्ना लगायतले मन्त्री बडूको स्टाटस झुटको खेती मात्रै भएको बताउदै पूर्वमन्त्री ठगुन्नाले गरेको पहलसहितका पत्रहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि बुद्धिजिविहरुले मन्त्री बडूको झुट तीन घण्टा समेत टिक्न नसकेको टिप्पणी गरेका छन् । कतिपयले त आफुले विकासका नाममा सिन्को भाच्न नसक्ने र अरुले गरेको काम मैले गरेको हु भन्दै हिड्ने मन्त्री बडूको जन्मजातको बानी हो भन्दै जालझेलको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल कसले जस लिने भन्ने होडबाजी र एक अर्काको आलोचनाका कारण तातेको छ ।

महाकाली लोकमार्गको ब्रह्मदेब झुलाघाट दार्चुला टिकंर सडकमा बहुबर्षिय ठेक्काका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि मन्त्री दिलेन्द्रप्रसाद बडूले राखेको स्टाटस हेर्नुहोस

No description available.

सायद पाठ को तस्बिर हुनसक्छ

फोटो विवरण उपलब्ध छैन।

मन्त्री बडूको स्टाटसपछि पूर्वमन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले राखेको स्टाटस र पूर्वमन्त्री एबं सासंद गणेशसिंह ठगुन्नाले विगतदेखि गरेको पहलसहितका पत्रहरु हेर्नुहोस

No description available.

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

मन्त्रालयका पत्रहरु र टिप्पणी फाइल हेर्दा महाकाली लोकमार्गको ब्रह्मदेब झुलाघाट दार्चुला टिकंर सडक नयाँ ट्र्याक खोल्न र दार्चुला टिकंर सडकको सुन्सेरासम्म कालोपत्रे गराउन विगतदेखि नै पहल भइरहेको स्पष्ट हुन्छ । विगतमै डिपिआरदेखि बजेटको अनुमान र विनियोजनको पहल भएको दस्ताबेजहरु सार्वजनिक भएका छन् । राष्टिय महत्तका योजनाहरु कसैले भनेको भरमा नपर्ने र लामो कानुनी प्रकृयापछि मात्रै सम्भव हुने भएकोले विगत केही बर्षदेखिको मेहनतको नतिजा अहिले प्राप्त हुने क्रममा रहेको पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको भनाई छ । दार्चुला टिकंर सडक, गोकुलेश्वर विमानस्थल लगायत दार्चुलाको विकास र समृद्धिसंग जोडिएका योजनाहरुमा आफुले विभिन्न अवरोधका बिच समेत निरन्तर पहल गरेको बताउदै उहाँले विभिन्न चरणमा सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यबाद व्यक्त गर्नुभयो । दार्चुलाको विकासमा एमाले बाहेकका दलले भूमिका खेल्न नसकेको उहाँको भनाई छ ।

कतिपय विपक्षी पार्टीका कार्यकर्ताहरुले समेत दार्चुला टिकंर सडकमा पूर्वमन्त्री एबं एमाले नेता गणेशसिंह ठगुन्नाको महत्तपूर्ण पहलकदमी रहेको भन्दै अरुले गरेको कामका जस लिने प्रयास नगर्न मन्त्री बडूलाई सुझाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले समेत सडकको निर्माण र स्तरोन्नतीका लागि अनुरोध गरेको बताएका छन् । बर्तमान अर्थमन्त्री जनार्दन सर्मा नभएको भए बहुबर्षिय ठेक्काका लागि सहमती प्राप्त हुने सम्भावना नरहेको नेकपा माओबादी केन्द्रका नेताहरुको प्रतिक्रिया छ ।

जिल्लाको लाइफ लाइनका रुपमा हेरिएको दार्चुला टिकंर सडक निर्माण र स्तरोन्नतीका लागि सबैले आआफ्नो ठाउँबाट बेलाबेला पहल गरेपनि निरन्तर र सबैभन्दा महत्तपूर्ण पहल पूर्वमन्त्री गणेशसिंह ठगुन्नाकै रहेको जानकारहरु बताउछन् । सडक निर्माणको जस लिन राजनीतिक दलहरुले होडबाजी चलाइरहेको बेला सडक निर्माणमा भने खासै प्रगति हुन सकेको छैन् । विगत १३ बर्षदेखि निर्माणाधिन सडक कछुवा गतिमा निर्माण भइरहेकोले निर्माणको गति बढाउन सबैले पहल गर्नु आवश्यक रहेको छ । सेनाले निर्माण गरिरहेको सडकमा समेत भगौलिक कठिनाइका कारण अपेक्षा अनुसार प्रगति नदेखिएको स्थानीयले बताएका छन् ।

यद्धपी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइनु, सडक स्तरोन्नतीका लागि बजेट विनियोजन हुनु, बहुबर्षिय ठेक्काको सहमति प्राप्त हुनु दार्चुलाबासीको लागि खुसीको खबर रहेकोले सबैले निर्माणको गति बढाउनतर्फ ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?