कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

दार्चुला । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो

यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए । स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए । तर सहयोग नगरेपछि आफूलाई एक वर्ष नपुग्दै सरुवा गरिएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् ।

पाण्डेमाथि हतियारसहित यादवको घरमा गएर धम्क्याएको आरोपसमेत लागेको छ । यस विषयमा २ नम्बर प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?