दार्चुला । दार्चुलामा एक जना युवाको भिरबाट लडेर ज्यान गएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर २ घुसाका रिउले धामीका छोरा अन्दानी २८ बर्षीय जनकसिंह धामीको मृत्यु भएको हो ।
घर नजिकै भिरमा दाउरा संकलन गर्ने क्रममा बुधबार बेलुकी भिरबाट लडेर धामीको मृत्यु भएको बताइएको छ । मृतक धामी नेकपा (एकिकृत समाजवादी) अपिहिमाल गाउँपालिका कमिटी सचिवालय सदस्य रहेको नेकपा (एकिकृत समाजवादी) जिल्ला उपाध्यक्ष रुक्मती जागरीले जानकारी दिनुभयो । धामीको निधनमा उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
मृतक धामीको घरमा आमाबुबा, श्रीमती, एक छोरी, दुई बहिनी, एक दाइ, काका काकी लगायत रहेको उहाँले बताउनुभयो । धामीको निधनपछि परिवार शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया