दार्चुलामा नेपाल–भारत जोड्न मोटरेबल पुल निर्माणको फेरी चर्चा, दुबै देशको सक्रियता

दार्चुला । विगत लामो समयदेखि सेलाएको नेपाल–भारत जोड्ने मोटरेबल पुलको फेरी चर्चा सुरु भएको छ । सरकारले नेपाल–भारतको अन्र्तराष्ट्रिय सीमा छुट्टयाउने दार्चुलाको महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृती दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समझदारीका लागि स्विकृती दिएसँगै फेरी पुल निर्माण हुने चर्चा–परिचर्चा सुरु भएको हो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको सचिवालयका अनुसार दार्चुलामा बन्ने मोटरेबल पुलका लागि यसअघि नै साइट निर्धारण भइसकेको, पुलको डिजाइन निर्माण भइसकेकोले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि काम सुरु हुने अपेक्षा गरिएको छ । नेपालतर्फ महाकाली नगरपालिका–८ असिगडा (अस्खेडा) बगर र भारततर्फ बालुवाकोट नजिकको छार्चुमक्षेत्र जोड्ने गरी पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । मंसिर महिनामा पिथौरागढमा सम्पन्न नेपाल भारत सुरक्षा अधिकारीको समन्वय बैठकमा समेत पक्की पुल निर्माणको काम छिटै अघि बढाउने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, गत महिना पिथौरागढमा सम्पन्न बैठकमा समेत महाकालीमा मोटरेबल पुल निर्माणको विषयमा छलफल भएको थियो, दुबै देशको हितमा भएकोले पुल निर्माणको काम अघि बढाउन पहल गर्ने समझदारी भएको हो । पुल बन्ने क्षेत्रमा यसअघि माटो परीक्षण र प्राविधिक निरीक्षण भइसकेको भएपनि निमार्ण कार्य अघि बढ्न सकेको थिएन ।

केही दिन अघि मात्रै नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीहरुले उक्त क्षेत्रको अवलोकनसमेत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारतीय पक्षले पटक–पटक माटो परीक्षण देखि सम्भाव्यता अध्ययनका कार्यसमेत गरिसकेकोले पुल निर्माण कार्य अगाडी बढ्ने अपेक्षा गरिएको छ ।

दार्चुलाको सीमाक्षेत्रमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मात्रै छन् । लाली, जोलजिबि, दत्तु, खलंगा र तिग्रम गरी पाँचवटा झोलुगें पुल सञ्चालनमा छन भने बाँकी चार वटा पुल निर्माणधिन अवस्थामा छन् । महाकालीमा पक्की पुल नहुदा दुबै देशको यातायात आवतजावतमा सहजता हुन सकेको छैन् । दार्चुला र बैतडीमा भारतसंग जोड्ने पक्की पुल नहुदा नेपाल भारत सिधै आवतजावतका लागि कञ्चनपुर पुग्नुपर्ने बाध्यता छन् । सीमा क्षेत्रमा पक्की पुल निर्माण भएमा दुबै देशका नागरिकलाई सहज हुने र व्यापारीक सम्बन्ध पनि बढ्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?