एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दार्चुलासहित सबै जिल्लाको अधिवेशन शुक्रबार (आज) हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्नुहुनेछ ।

यसअघि एमालेले देशभर एकैदिन वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको थियो । सो अधिवेशनमा पनि अध्यक्ष ओलीले केन्द्रीय एक्सन रुमबाटै उद्घाटन एवं सम्बोधन गर्नुभएको थियो । यसैगरी, दार्चुला जिल्ला अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले बताउनुभयो । खलंगास्थित भावना सभाहलमा जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ। दार्चुलामा ७७५ जना जिल्ला अधिवेसन प्रतिनिधि चयन गरिएको छ । प्रतिनिधि र नेताहरु दार्चुला सदरमुकाम खलंगा पुगिसकेका छन् ।

दार्चुलाका ९ पालिका र ६१ वडाबाट छनोट भएका प्रतिनिधिहरू जिल्ला सदरमुकाम पुगिसकेको एमालेले जनाएको छ । उद्घाटन कार्यक्रमअघि ¥याली निकालिने र अधिवेसनमा आवश्यक छलफल गछि नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?