दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो।
स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले आफ्नै निवासमा आराम गरिरहेको उनकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा जनाएकी छन्।
‘स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ‚’ गंगाले उल्लेख गरेकी छन्‚ ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको र स्वास्थ्य अवस्था सामान्य छ।’
चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ।
यस्तै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।
नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह पनि गरेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया