नेपाली भूमि लिपुलेकमा धमाधम सडक विस्तार गर्दै भारत, नेपाल सरकार चुपचाप

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताउनुभएको छ । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताउनुभयो ।

तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम वञ्चित रह्यो, मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ, ‘हामीले न केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्‍यौं। हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब विस्तारको काम भइरहेको छ।’ भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरिरहेको भएपनि नेपाल सरकार भने चुपचाप देखिएको छ । विगतदेखि नै नेपाली जनताले अतिक्रमित नेपाली भूमि फिर्ता गर्न माग गरेपनि भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ। विस्तारवादी प्रबृतिको भारतले चिल्ला कुरा गरेर दादागिरी बढाउदै लगेको सीमाविदहरु बताउछन् ।

भारतले अतिक्रमित नेपाली भूमिमा धमाधम भौतिक पुर्वाधार निर्माणको काम गरिरहेको छ । भने नेपाली भूमिलाई आफ्नो दाबी गर्दै हिन्दी, संस्कृत र अंग्रेजी भाषामा नयाँ नक्सा प्रकाशन गरेर भारतले महाकाली नदी नै गायव पार्ने प्रयास गरेको छ । राष्टियताका ठूल्ठूला कुरा गर्ने नेपाल सरकार र राजनीतिक दलहरुले भूमि फिर्ताको निर्णायक पहल त टाढाको कुरा खुलेर विरोध समेत जनाउन सकेका छैनन् ।

हेर्नुहोस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको सम्बोधनपछि प्रकाशित समाचार

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?