दार्चुला । नेपाल रेडक्रस शाखा दार्चुलाको पहलमा रेडक्रस केन्द्रीय कार्यालयद्धारा कम्बल र नगद राहत वितरण गरिएको छ । महेन्द्र नमुना मावि खलंगामा संञ्चालित छात्रावासमा वस्ने बिधालय आश्रित विधार्थीहरुलाइ प्रति विद्यार्थी दुई हजारका दरले ३० हजार रुपैया र छात्राबासका सबैलाई गरी ४० कम्बल वितरण गरिएको रेडक्रस दार्चुलाका कार्यक्रम संयोजक सुन्दरसिह धामीले जानकारी दिनुभयो ।
चिसो मौसमलाइ मध्यनजर गर्दै नगद र कम्बल हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा नेपाल रेडक्रस शाखा दार्चुलाका समापती गोपाल सिह महरा लगायतको सहभागिता रहेको थियो ।
शनिबार (आज) रेडक्रस केन्द्रीय कार्यालयको सहयोगमा ४० वटा कम्बल र ३० हजार नगद वितरण गरिएको बताइएको छ । केही दिन पहिले उक्त छात्राबासमा रेडक्रस जिल्ला शाखाले १७ कम्बल र १७ जग वितरण गरेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया