दार्चुला । नेपाल निजामती कर्मचारी युनियन दार्चुलाको ८ औं जिल्ला अधिवेशनबाट बिरेन्द्रसिंह धामीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । धामी दोस्रो पटक अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा कम्मान सिह कुवर, समाबेशी उपाध्यक्षमा बल्देब सिह कोट्टारी, महिला उपाध्यक्षमा भागा बडाल, सचिवमा राकेश ठगुन्ना, सह सचिवमा मोहन सिह महरा र कोषाध्यक्षमा प्रयाग राज बडू चयन भएका छन् । सदस्य खुल्लातर्फ वसन्त खत्री, तेज रावत, प्रकाश चन्द्र जोशी, भुपेन्द्र बडू चयन भएको कांगेश महाधिवेसन प्रतिनिधि हरक बिष्टले जानकारी दिनुभयो । केन्द्रीय प्रतिनिधिमा प्रेम सिह महरा, धर्म राज भट्ट, केशब राज अवस्थी, बसन्ती अवस्थी भट्ट निर्विरोध निर्वाचित भएको उहाँले बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बिरेन्द्र सिह धामीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिह बोहराको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा कांग्रेश महाधिवेसन प्रतिनिधि एबं जिल्ला समन्वय समिति प्रमुख करवीर वहादुर कार्की, महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट, कांग्रेश दार्चुलाका सचिव एबं दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी लगायत कांग्रेस नेता, कार्यकर्ता र निजामती कर्मचारीहरुको उपस्थिति रहको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया