दार्चुला । शैल्यशिखर नगरपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना तेस्रो चरणको आर्थिक सहयोगमा आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न मौरीभिटा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई योजना शैल्यशिखर नगरपालिका ६ मौरीभिटामा तीन दिने योजना स्तरीय खानेपानी सुरक्षा, जलवायु अनुकूलन तथा जोखिम न्यूनिकरण तालिम सम्पन्न भएको छ । उक्त तालिममा खानेपानी योजनामा रहेका संरचनाहरुको स्थलगत अनुगमन गरि जोखिम बिश्लेषण तथा कार्ययोजना तयार गरिएको प्राविधिक सहजकर्ता बुद्धि पल्लब जोशीले जानकारी दिनुभयो ।
उक्त तालिममा प्राबिधिक सहजकर्ता बुद्धि पल्लब जोशी र जलश्रोत प्राबिधिक मोहन सिह धामीले सहजीकरण गर्नुभएको थियोे । तालिम पौष २७ देखि २९ सम्म ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा संचालन गरिएको हो । तालिममा उपभोक्ता समिति पदाधिकारी तथा पानी सुरक्षा टोली सहित १५ जनाको सहभागिता रहेको थियो । उक्त योजनाबाट ९२ घरधुरी तथा ५७३ जनसंख्या लाभान्वित भएको प्राविधिक सहजकर्ता जोशीले बताउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया