दार्चुलासहित सुदूरपहाडमा ‘नरहरी’ पर्वको रौनक, माघ २ गतेसम्म सार्वजनिक बिदा

दार्चुला । दार्चुला, बैतडी सहित सुदूरपश्चिममा नरहरी पर्वको रौनकता छाएको छ । मकर सक्रान्तिलाई दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नरहरी सक्रान्तिको रुपमा मनाउने गरिएको छ ।

पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ । सुदूरपश्चिममा नरहरी पर्वको समयमा चामलको रोटी (माडा, सेल, झुनमुने), पुरी लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको लेकमका स्थानीय दुर्गादत्त जोशीले बताउनुभयो ।

कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिन्ने गरिएको छ । यसका साथै नरहरीको समयमा तरुल खाने चलन रही आएको छ भने विवाहित छोरीबैनीहरु माइत जाने चलन समेत रही आएको छ । नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरु व्यस्त रहेका छन् ।

आज राती र भोली दिउँसो मिठो मसिनो खाने चलन रही आएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् । भोलीदेखि नै माघस्नान गर्ने चलन समेत रही आएको छ । नरहरीको दिन गाउँका सबै भेला भएर खेलहरु खेल्ने, भलाकुसाली गर्ने र समुहमा रमाउने चलन समेत रहेको छ । भोलि दिनभरी बस्नका लागि आजकै दिन गाइबस्नुका लागि स्याउला सोत्तरको व्यवस्था गर्ने गरिएको उहाँले बताउनुभयो ।

माघ २ गतेसम्म बिदा
सुदूरपश्चिम प्रदेशमा माघी पर्व र नरहरीको अवसरमा थप एक दिन बिदा दिइएको छ । संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो । माघ १ गते शनिबार पनि परेको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ । माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । विगतदेखि नै थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् । सुदूरका पहाडी जिल्लाहरुमा मकर संक्रान्तिलाई नरहरी संक्रान्तिको रुपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?