हिउँ पन्छाएपछि व्यास क्षेत्रमा सञ्चार सेवा सुचारु

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा हरेक बर्ष हिमपातका कारण सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । गत सातादेखि भएको हिमपातका कारण अवरुद्ध सञ्चार सेवा हिउँ पन्छाएपछि सुचारु भएको छ । हिमपातका कारण सञ्चार विहीन बनेको व्यास क्षेत्रमा शुक्रबार (आज) बाट फोन सेवा सुचारु भएको स्थानीय करन खत्रीले जानकारी दिनुभयो ।

दार्चुला–तिङ्कर सडकमा कार्यरत नेपाली सेना, कर्मचारी र स्थानीय युवाको टोलीले टावरको सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको खत्रीले बताउनुभयो । टावरमा उर्जाका लागि प्रयोग गरिएको सोलार प्यानल हिउँले ढाकेपछि सञ्चारसेवा बन्द भएको थियो । व्यास गाउँपालिका–४ स्थित कैचुलामा रहेको नेपाल टेलिकमको टावरबाट व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा, राप्ला, दुम्लीङ, धौलाकोट, सिना लगायत गाउँहरु र भारतको सोसा, पाङला लगायतक्षेत्रका स्थानीयबासिन्दा समेत सञ्चार सेवा पाउदै आएका छन् ।

कैचुला टावरसम्म पुग्ने बाटोमा हिउँ जमेकोले जोखिमपूर्ण बाटो छिचोल्दै नेपाली सेना र युवाहरुको टोली कैचुला पुगेको थियो । भारी हिमपातको बाटो छिचोल्दै बेल्चा बोकेर हिउँ पन्छ्याउन टोली कैचुला टावरमा पुगको खत्रीले बताउनुभयो । व्यास क्षेत्रको टावरसम्म विद्युत नपुगेको कारण सौर्य ऊर्जामा समस्या आउने वित्तिकै सञ्चार सेवा अवरुद्ध हुने गरेको छ ।

माघे संक्रान्तिका बेला चेलिबेटी तथा बाहिर रहेका आफन्तहरुसंग कुराकानी गर्न समस्या भइरहेका बेला जोखिम छिचोल्दै हिउँ पन्छ्याएर टावर सुचारु गरेकोपछि सहज भएको स्थानीयले बताएका छन् । अझैपनि दार्चुलाका अधिकासं टावरसम्म विद्युतिकरण नहुदा घाम नपरेको बेला वा हिमपातको समयमा सञ्चार सेवा अवरुद्ध हुने गरेको स्थानीय हरक कार्कीले बताउनुभयो ।

तस्बिर: करन खत्रीको फेसबुकबाट

सायद २ जना मानिसहरू को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद रूख, प्रकृति तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद हिउँ, रूख तथा  प्रकृति को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?