दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा नेपाली कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । प्रदेश सभा क्षेत्र (ख) को पार्टी कार्यालय गोकुलेश्वरमा शुक्रबार उद्घाटन गरिएको नेबिसंघ दार्चुलाका सदस्य कृष्णसिह रावलले जानकारी दिनुभयो ।
प्रदेश क्षेत्र (ख) का कांग्रेश सभापति केशव बहादुर सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कांग्रेश केन्द्रीय सदस्य एबं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यालय उद्घाटन गर्दै मन्त्री बडूले नौगाड र चमेलिया तटबन्धमा बजेट विनियोजन गरिएको बताउनुभयो । उक्त कार्यक्रममा ६ जना एमालेबाट र ४ जना शिक्षक गरी १० जनाले कांग्रेशमा प्रवेस गरेको रावलले बताउनुभयो ।
केहि दिन यता गृहजिल्ला भ्रमणमा रहनुभएका मन्त्री बडू शुक्रबार गोकुलेश्वरमा नेपाली कांग्रेशको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै राजधानीतर्फ प्रस्थान गर्नुभएको छ । दार्चुलामा रहदा मन्त्री बडूले दुहुँ गाउँपालिकाका बाढीपिडितसंग भेटघाट, खलंगामा न्यायिक समिति र निःशुल्क कानुनी सहायता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुका साथै खलंगामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया