दार्चुला । दार्चुलामा स्थानीय प्रशासनले सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य हेर्न आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्ध लगाइने खोपको भने अभाव छ । हालसम्म खोप लगाउने उमेर समुहका ३३ प्रतिषत नागरिकले खोप पाएका छैनन् ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको खोप सकिएको छ । अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला आइपुग्छ, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भन्नुभयो, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् । दार्चुलामा पछिल्लो एक हप्तायता १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले कोरोना परीक्षणको व्यवस्था गरिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नु आवश्यक रहेको छ । तर अन्य सीमापुलहरुबाट भने मानिसहरु कोरोना परीक्षण नगरिकनै गाउँ फर्किरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया