दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ मा रहेका विभिन्न बस्तीहरुमा खानेपानी योजना निर्माण गर्न तीन करोड ८८ लाख बढी बजेटको सुनिश्चितता भएको छ । पोक्से दौला भुइकोट बृहत खानेपानी योजनामा खानेपानी मन्त्रालय, योजना तथा विकास सहायता समन्वय महाशाखाको पुस २ गतेको पत्रका आधारमा अर्थ मन्त्रालयले माघ २ गते बजेट सुनिश्चितता गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका शाखा अधिकृत इन्दिरा दाहालका अनुसार पोक्से दौला भुइकोट बृहत खानेपानी योजनामा तीन करोड ८८ लाख ४४ हजार ९६ रुपैयाँको बजेट सुनिश्चितता गर्ने निर्णय भएको छ । उक्त बजेटको सिमा भित्र रहेर खरिद प्रकृया अघि बढाउने र सिर्जित दायित्तको हकमा खानेपानी मन्त्रालयको बजेट सिलिङ्ग भित्रबाट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
पोक्से दौला भुइकोट बृहत खानेपानी योजनामा विगतदेखि बजेट अभाव रहेको थियो । गाउँमा खानेपानी योजना सम्पन्न नहुदा दुहुँ गाउँपालिका वडा नम्बर ४ बासीले खानेपानीको समस्या भोग्दै आएका छन् । यो आयोजनावाट दुहुँ गाउँपालिका वडा नम्वर ४ का पाँच सय बढी घरधुरी लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया